धरानका नवनिर्वाचित मेयर राईले पदभार ग्रहण

धरान । नेपाली काँग्रेसका नवनिर्वाचित मेयर तिलक राईले पदभार ग्रहण गरेका छन् । मंसिर १४ गते भएको उपनिर्वाचनबाट धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएपछि राईले बुधबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिक र धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको शालिकमा पनि माल्यार्पण गरेका थिए ।

नविनिर्वाचित राईले आफुले जनताको सेवामा काम गर्ने बचन दिएका छन् । नेपाली काँग्रेसले धरानमा २९ वर्षपछि ऐतिहासिक जित हात पारेको छ । यो जितलाई उत्सवको रुपमा मात्रै होइन अवसर र चुनौतिको रुपमा उनीहरुले लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार