भारत । डाक्टरलाई बलात्कार र हत्या गरेको आरोपीत चारजना पुलिस इन्काउन्टरमा मारिएका छन् । भारतको तेलंगानामा उनीहरुलाई इन्काउन्टरमा मारिएका हुन् ।
जहाँ उनीहरुले डाक्टरलाई पेट्रोल हालेर जलाएका आरोपीले उनीहरुलाई पनि त्यही अन्डरब्रिजमा पुर्याएको थियो । आरोपीलाई घटनाका बारेमा सोध्न खोज्दा भाग्न थालेपछि पुलिसले गोली चालाएको हो । पुलिसको गोली लागेर चारै जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
२७ नोभेम्बरमा भारतको हैदराबादमा स्कूटरको टायर पंक्चर भएपछि टोल प्लासा नजिकै मद्दतको प्रतिक्षा गरिरहेकी २७ वर्षे पशुचिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो ।












