धरान । सुनसरीमा आगलागीबाट ठुलो क्षति भएको छ । सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा भएको आगलागीबाट २ करोड बढीको क्षति भएकाे छ ।
शनिबार राति पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो ।
रेष्टुरेण्ट सञ्चालकका अनुसार आगलागीबाट २ करोड ५० लाख भन्दा बढीको क्षति भएको अनुमान छ । यद्यपी प्रहरीले क्षतिको परै विवरण भने बताएको छैन ।
शनिबार राति सुरु भएको आगो इटहरी, विराटनगर, धरान, इनरुवा, सुन्दरहरैचालगायत स्थानका नौवटा दमकलले आइतबार बिहान नियन्त्रणमा लिइएको थियो ।









