लागू औषध बनाउने रसायन सहित पक्राउ परेका नागरिक सार्वजनिक

काठमाडौँ । प्रहरीले लागू औषध बनाउने रसायन सहित पक्राउ गरेका नागरिकलाई सर्वाजनिक गरेकाे छ । प्रहरीले लागू औषध बनाउने रसायन सहित एक चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

आइतबार लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको हो । उनको साथमा लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन र ईफेड्रिन पनि फेला पारेको छ ।

उनले काठमाडौंको एक कार्गोबाट न्यूजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम चेकजाँच गर्दा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

इफेड्रिनको चीनमा २ लाख २५ हजार नेपाली रुपैयाँमा खरिद गरी न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा बिक्री गर्न लागेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार