
File pic
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने अपेक्षा रहेको बताएका छन् ।
आइतबार काठमाडौंको पाशुपत क्षेत्रमा गीता ज्ञान–प्रचार सेवा समितिले आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा पशुपतिनाथको दर्शन गर्न भारतीय प्रधानमन्त्री मोदी आउने आफुले अपेक्षा गरेको बताएका हुन् ।
भारत र नेपालको संस्कृति तथा सम्पदाहरु एकआपसमा मिल्छन् मन्त्री भट्टराईले भने, नेपाल भ्रमण वर्ष २०२० का बेला भारतिय प्रधानमन्त्री मोदी पशुपतिनाथको दर्शन गर्न नेपाल आउनु हुनेछ भन्ने हाम्रो अपेक्षा र विश्वास छ ।
भ्रमण बर्षमा भारतबाट विभिन्न धार्मिक गुरुहरु लगायत राजनीतिक नेताहरुले पनि नेपालको भ्रमण गर्ने विश्वास ब्यक्त गरे ।
उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए । भारतले भागवत गीता र योगलाई विश्वभर फैलाउन सद्भावना दूतहरु बनाएर नेपाल लगायत अन्य देशरुमा पठाउने गर्दछ ।










