राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, भ्रमण फलदायी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको भ्रमणबाट बिहीबार स्वदेश फर्किएकी छन् । कतारमा रहंदा राष्ट्रपति र कतारका अमिरबीच दुई देशका हितमा काम गर्ने गरि भेतवार्ता भएको राष्ट्रपती कार्यालयले जनाएको छ ।

राष्ट्रपतीको भ्रमण टोलीले कृषि, पशुपालन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा लगानी गर्न कतारलाई आग्रह गरेको छ । नेपालसंग मिलेर काम गर्न र लगानी गर्न कतार इच्छुक रहेको भ्रमण टोलीको बुझाई छ । समग्रमा भ्रमण फलदायी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार