संखुवासभा । संखुवासभाको एक वडा कार्यालयमा आगजनी गरिएको छ । जिल्लाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र एक स्काभेटरमा आगजनी गरिएको छ ।
गए मध्यराति अज्ञात समुहद्धारा गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए ।
आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको एक स्काभेटरसमेत जलाइएको छ । आगजनीमा संलग्नको खोजीकार्य भइरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामाले बताए ।









