
हुम्ला । हुम्लामा हिमपात हुँदा जनजिवन प्रभावित भएको छ । सिमकोट लगाएतका जिल्ला विभिन्न ठाउमा आज बिहानैदेखी दोस्रो पटक हिमपात हुँदा जनजीवन प्रभावित भएको हो ।
हिमपातका कारण अत्याधिक चिसो बढेको छ । चिसोका कारण बृद्धबृद्धा, बालबालिका बढि प्रभावित बनेका छन् ।
पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा हवाई उडान समेत प्रभावित भएको छ।
नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान भर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान बिहानैदेखि प्रभावित भएको बताइएको छ। हवाई यातायात समेत बन्द हुँदा अत्यावश्यक कामकाज नराम्ररी प्रभावित भएको छ ।
।













