
काठमाडौं । अमेरिकी सरकारले केहि दिनअघि जारि गरेको एक रिपोर्टअनुसार एक बर्षमा झण्डै १० हजार भारतिय नागरिक पक्राउ परेका छन् । जसमध्ये ८३१ जन भारतियलाई अमेरिकाले देशनिकाला गरेको छ ।
गत मंगलबार जारि रिर्पोट अनुसार अघिल्लो वर्ष झण्डै १० हजार भारतीय पक्राउ परेका थिए । उनीहरु राष्ट्रिय सुरक्षा तथा आम सुरक्षामाथि खतराको आशंकामा पक्राउ परेका थिए ।
‘इम्मिग्रेसन इन्फोर्समेन्टः अरेस्ट, डिटेन्सन्स एण्ड रिमुभल्स एण्ड इस्यु रिलेटेट टू सेलेक्टेड पपुलेसन’ शिर्षकको रिपार्टमा यो तथ्य उल्लेख छ ।
रिपोर्ट सरकारी जवाफदेही कार्यलयले तयार गरेको थियो । अमेरिकी आप्रवासन तथा भन्सार कार्यन्वय निकाय ‘आईसीई’का अनुसार जेल जाने भारतीयको संख्या सन् २०१५ देखि सन् २०१८बीच दुई गुणाले बढ्यो ।
आईसीईले सन् २०१५मा ३,५३२ भारतीयलाई जेल चलान गरिएको थियो । त्यसपछि प्रत्यक वर्ष जेल चलाउन हुनेको संख्या वृद्धि हुदाँ सन् २०१६ मा ३,९१३, सन् २०१७ मा ५,३२२ र सन् २०१८ मा ९,८११ भारतीयलाई जेल हालिएको थियो ।
रिपोर्ट अनुसार आईसीईले सन् २०१८मा ८३१ भारतीयलाई देश निकाला ग¥यो । अमेरिकाबाट निकाला पर्ने भारतीयको संख्यामा पनि प्रत्यक वर्ष वृद्धि भएको देखिन्छ ।
सन् २०१५ मा २९६, सन् २०१६ मा ३८७ र सन् २०१७ मा ४७४ भारतीयलाई अमेरिका निकाला गरिएको थियो ।
– एजेन्सी












