नेकपाको स्थायी कमिटी बैठक जारी, राजनीतिक प्रतिवेदनमाथि नेताहरु बोल्दै


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी छ । पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा विहान ११ बजेदेखि जारि बैठकमा सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।

आइतवारदेखि सुरु भएको बैठकमा राजनीति तथा विधान संशोधन लगायतका बषियमा सदस्यहरुले आ– आफ्नो धारणा राखिरहेका छन् ।
नेकपाको स्थायी कमिटीमा ४५ सदस्य छन्।उनिहरुले पालैपालो आफ्नो धारणा राखिरहेका छन् ।

बैठक हिजै सकिने भनिए पनि सम्पुर्ण सदस्यहरुले धारणा राख्ने क्रम नसकिएपछि बैठक आजसम्मका लागि लम्बिएको हो। अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमा उपचुनाव, पार्टी एकिकरण, कालापानी, कार्यकर्ता, गुटबन्दी लगायतका बिषयहरु समेटेका छन् । साथै पार्टी विधान संशोधन गर्ने बिषय पनि प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार