पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय, मुशर्रफको यस्तो भनाई (भिडियोसहित)

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले उनिमाथि लागेको देशद्रोहको मुद्दामा मृत्युदण्डको फैसला सुनााएको हो ।

फैसलाबारे मुशर्रफले आफुमाथि घोर अन्याय भएको प्रतिकृया दिएका छन् । दुबईमा स्वास्थ्य उपचार गराइरहेका उनले भिडियो सन्देशमार्फत आफुमाथि घोर अन्याय भएको र आरोप निराधार भएको बताएका छन् ।

“मेरो विचारमा यो निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु”, भिडियो सन्देशमा उनले भनेका छन् ।

उनले जारी भिडियो सन्देशमा आफुमाथि लागेको केसबो गठत छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका समेत गरेका थिए ।

मुशर्रफले आरोपबारे आफ्ना वकिल सलमान सफदरलाई न्यायालयले नसुनेको भन्दे गुनासो गरेका छन् । ‘मेरो विचारमा यो निकै ज्याजती भइरहेको छ र मलाई न्याय गरिएन,’ मुशर्रफले भिडियो सम्बोधनमा भनेका थिए ।

यस्तो थियो उनिमाथिको मुद्धा
बिबिसिले उल्लेख गरे अनुसार इस्लामाबादको विशेष न्यायालयले ३१ मार्च २०१४ मा देशद्रोहको एक मुद्दामा पूर्व सैनिक राष्ट्रपति जनरल (रिटायर्ड) परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो ।

उनी पाकिस्तानको इतिहासमा पहिला व्यक्ति हुन्, जसमाथि संविधानको अवहेलनाको मुद्दा चलेको थियो । २०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज) सरकारमा आएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

मुद्धा लेगेपछि मुशर्रफ एक पटक मात्रै अदालतमा उपस्थित भएका थिए । त्यसपछि उनि कहिल्यै अदालतमा उपस्थित भएनन् ।

मार्च २०१६ मा स्वास्थ्यको कारण देखाएर उनी विदेश गए । सत्तारुढ पार्टी मुस्लिम लिग ९नून०ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो, जसका कारण उनी देश बाहिर जान पाएका थिए ।

मुशर्रफको भिडियो सन्देश हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार