
काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूतावासले प्रहरीलाई २३ वटा मोटरसाइकल दिएको छ । दूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा मंगलबार आयोजित एक कार्यक्रमबीच ५६ लाख ३२ हजार ७ सय रूपैया मूल्य बराबरको सो मोटरसाइकलहरु दुतावासले हस्तान्तरण गरेको हो ।
चिनियाँ राजदूतावासका प्रथम सचिव वाङ छिओ लोङले उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् । सहयोगमा प्राप्त भएका मोटरसाइकलहरूको प्रयोगबाट प्रहरीलाई काम कारवाहीमा सहज हुने प्रहरी नायव महानिरीक्षक क्षेत्रीले बताए ।
प्राप्त भएका मोटरसाईकललाई आवश्यकता अनुसार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उनले जानकारी दिए । राजदूतावासका प्रथम सचिव लोङले मोटरसाइकल हस्तान्तरणछि बोल्दै शदियौंदेखिको नेपाल चिनवीचको मैत्री सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास व्यक्त गर्दै मोटरसाइकलहरूको सहयोग यसै प्रगाढ सम्बन्धको प्रतिक भएको विचार व्यक्त गरे ।















