मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ६ जनाको अवस्था गम्भीर

कंचनपुर । सुदूरपश्चिम प्रदेशको कंचनपुरमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका २ भाँसीमा ट्याक्टर दुर्घटना हुँदा घाईते भएका अन्य १५ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बेदकोट नगरपालिका–४ बैतडाका करिब ८४ वर्षीय नरीभान धानुकको महाकाली नदिमा अन्त्येष्टि गरेर फर्किदै गरेको मालामी बोकेर से१त ५४२२ नम्बरको ट्याक्टर आईतबार लिउसो साढे १२ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि बेदकोट नगरपालिका–४ बैतडाका अन्दाजी ३२ वर्षीय प्रेम सिंह धामी र ३५ वर्षीय राजेन्द्र जाग्रीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

घटनामा सोहि ठाँउका दिलिप भण्डारी, वर्षीय दिपक धानुक, अजु धानुक, भक्तबहादुर महरा, प्रकास जोशी, प्रेमसिह जाग्रीलाई थप उपचारका लागि भारत रेफर गरिएको छ भने दयानन्द भट्ट, जयराम जाग्री, मानसिक जाग्री, कल्यान सिह बोहरा, दिलबहादुर जाग्री, प्रताप साउद र सिद्धमान साउन लगायतको महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पछाडिबाट आएको जीपले ओभरटेक गर्दा दुर्घटना भएकोहसन गएको प्रारम्भिक अनुसंन्धानबाट खुल्न आएको कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार