उदयपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, तीनको अवस्था गम्भिर

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–३ जरुवामा आज बिहान जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ, उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ रहेका छन् ।

ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।

घटनामा भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत ४ जना घाइते रहेको र उनिहरुमध्ये तीनको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बिहिबार बिहान ७ः३० बजे भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार