भ्रमण बर्षलाई मध्यनजर गर्दै विश्वका ठूला टावरमा नेपालको झण्डा र लोगो फहराइने

काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै विश्वका ठूला शहरमा रहेका अग्ला भवन र टावरमा नेपालको राष्ट्रिय झण्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराइने भएको छ ।

भ्रमण बर्ष सफल पार्न विश्वको नजर नेपालतर्फ आर्कषित गर्नका लागि यस्तो गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा यसबारे स्टाटस लेख्दै विश्वका अग्ला भवन र टावरहरुमा नयाँबर्षको अधिल्लो साँझ डिसेम्बर ३१मा नेपालको राष्ट्रिय झन्डा र नेपाल भ्रमण वर्षको लोगो फहराउन गैर आबासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तजीलाई अनुरोध गरेकोमा पन्तले प्रस्ताव स्वीकार गर्दै सो काम गरिने जानकारी गराएका हुन् ।

VNY 2020 र नयाँबर्षका सन्दर्भमा विश्वका अग्ला भवन र टावरहरुमा नयाँबर्षको अधिल्लो साँझ Dec 31 मा नेपालको राष्ट्रिय झन्डा…

Gepostet von Yogesh Bhattarai am Samstag, 28. Dezember 2019

भट्टराईका अनुसार अहिलेसम्म विश्वका मुख्य एक दर्जन शहरका अग्ला भवन र टावरमा नेपाल र भ्रमण वर्षको लोगो फहराउने गरी गैरआवासीय नेपाली संघले तयारी गरेका छन् ।

। अष्टे्रलियाको सिड्नी, न्यूजिल्याण्ड, जापान, कोरिया, कतार, यूएई, हङकङ, जर्मनी, बेल्जियम, बेलायत, अमेरिका, क्यानडाका विभिन्न शहरमा रहेका अग्ला भवन र टावरमा नेपाली झण्डा फहराइने भएको छ ।

डिसेम्बर ३१ मा नेपालको यसरी झण्डा फहराइने मन्त्री भट्टराईले उल्लेख गरेका छन् । थप स्थानका टावर र भवनमा झण्डा फहराउन गैरआवासी नेपाली संघलाई आग्रह गरिएको छ ।

युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक संविधान दिवसको दिन नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार