
काठमाडौं । राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभातर्फका २४ समानुपातिक सांसदको नाम टुंगो लगाएको । पार्टीको बैठकले निर्णय गर्दै २४ जना समानुपातिक सांसदको नाम टुंगो निर्वाचन आयोगमा पठाएको हो। राप्रपाले जनाए अनुसार प्रतिनिधिसभामा पशुपति शम्शेर राणा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जैसवाल र अनिसा नेपाली रहेका छन्।
त्यस्तै राप्रपाले प्रदेशसभामा प्रदेश नम्बर १ मा प्रपेमराज थाम्सुहाङ, निम्सरी राजवंशी, अम्बर बहादुर विष्ट र गोपाल बहादुर विश्वकर्मा ।
मधेस प्रदेशमा कञ्चन बिच्छा, बागमती प्रदेशबाट भुवन पाठक, कुमारी तामाङ, आशा लामा, धनेश्वरी प्रजापति, मोनिका श्रेष्ठ र लक्ष्मी घिमिरे ।
गण्डकी प्रदेशमा पञ्चराम गुरुङ र विन्दु पहाडी, लुम्बिनी प्रदेशमा मेनुका खाँण र मिना श्रेष्ठ, कर्णाली प्रदेशमा सन्तोषी शाही र सुदूरपश्चिम प्रदेशमा खेमादेवी विष्टको नाम सिफारिस गरेर आयोगमा पठाएको छ। समानुपातिक सांसद छान्दा राप्रपामा पनि निकै सकस भएको देखिन्छ ।












