
काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणमा नेपालले बुधबार सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साँझ नेपाली समयानुसार ५ बजेर १५ मिनेटमा प्रतियोगिताको अन्तिम खेलमा आयोजक राष्ट्र सिंगापुरसंग नेपाल भिड्नेछ ।
नेपालले यसअघि सिंगापुरसंगको खेल जितेको थियो । त्यहि आत्मबलका साथ नेपाली टोली मैदान उत्रिनेछ । त्रिकोणात्मक सिरिजको फाइनल पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाव छ । यदि आजको खेलमा नेपाल पराजित भएमा जिम्बाब्वे र सिंगापुर एक आपसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्ने छन् ।
यसअघि भएको दुवै खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको छ । पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै, जिम्बाब्वेसँगकै अर्को खेलमा नेपाल ४० रनले पराजित भएको हो ।












