घरभाडामा बस्नेहरु प्रत्येकको अभिलेख राख्न गृहको निर्देशन


काठमाडौं । देशभर घरभाडामा बसिरहेकाहरुको अभिलेख राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले देशैभरी आपराधिक गतिविधि बढेको निष्र्कष निकाल्दै यस्तो निर्देशन दिएको हो ।

केहि दिनअघि काठमाडौंका विभिन्न घरहरुमा भाडामा बसेर आपराधिक गतिविधि गरिरहेको आशंकामा ठुलो चिनियाँ नागरिक पक्राउ परे लगत्तै गृहमन्त्रालयले घरभाडामा बस्ने प्रत्यकको विवरण संकलन गर्न भनेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गर्ने निर्णय गरेको हो ।

देशका मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको गृहको निष्कर्ष छ।

विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइकाले घरभाडावालको विवरण राख्न लागिएको गृहले जनाएको छ।

गृहमन्त्रालयको निर्णयमा भनिएको छ, “काठमाडौं उपत्यका लगायत देशका मुख्य(मुख्य सहरी क्षेत्रहरुमा घरभाडामा लिई विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको प्रयोग गरी विध्‍वंसात्मक एवं अराजक गतिविधि गर्ने गरेको पाइएको हुँदा, व्यक्ति र संस्था र कार्यालयले घर भाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्ने व्यक्ति र संस्था र कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरणर जानकारी एवं छाडेको विवरण र जानकारी स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्‍ने।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार