बाजुरा । कर्णालीमा जीप खस्दा मृतकको संख्या पाँच पुगेको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना बेपत्ताको शव फेला पर्दा मर्नेको संख्याको पाँच पुगेको हो ।
मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।मृतक अन्य चार जनाको सनाखत भइसकेको छैन।
उपरीक्षक भाटका अनुसार बिहीबार दिउँसो बाजुराको हिमाली गाउँपालिका–७, बाधुको कालडाँडा भिरबाट से१ज १०६४ नम्बरको जीप कर्णाली नदीमा खसेको थियो । घटना लगत्तै ४ जनाको शव भेटिएको हो ।
दुर्घटनामा परी मुगु मुगुकर्मारोक गाउँपालिका-८ का २० वर्षीय गेम्चो लामा र २१ वर्षीय टोर्से लामाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अन्य घाइतेमा बाजुरा बुढीनन्दा नगरपालिका-६ की २२ वर्षीया सरू विक र उनकी दुई वर्षीया छोरी रहेकी छिन् । जीप सडकबाट ५ सयमिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनाबारे प्रहरीले अनुस.न्धा गरिरहेको छ ।








