निर्मला पन्तको तिहार योजना (भिडियोसहित)

एकमात्र भाईका लागि रोपेका फुलहरु ओइलाए

केटाकेटीहरु रमाउन त्यस्तो धेरै ठुलो कुरा केहि चांहिदैन । त्यसको ज्वलन्त उदाहरण एकपल्ट हामीले आफ्नो बाल्यकालतर्फ फर्के पुग्छ ।
नयां झिलिमिली लुगा, मामा घर, मिठाई र हातमा दश ÷ बिस रुपैंयाको नयां करारी नोट, यत्ति भए उनिहरुलाई सबथोक त्यई । अधिकांस हामीले मनाउने ठुला पर्वहरु दशै र तिहारमा यसरि नै केटाकेटीहरु रमाइरहेका हुन्छन ।

नेपालीहरुको ठुलो चाँड दशै सकिएपछि हाम्रो घर आँगनीमा तिहार (दिपावली) आएको छ । बिषेशगरी, दशै भन्दा केटाकेटीहरु तिहारमा अझ धेरै रमाउने गर्दछन् । गाँउ गाँउमा देउसी भैलोको रौनक, नाँचगान, झिलिमिली बत्तीहरु, पटाका आदिमा उनिहरु खुब रमाउँछन् । जुन अहिले सबैतिर भइरहको छ ।

निर्मलाको तिहार योजना

सज्जन, शान्त र नर्म शिलस्वभाव भएकी निर्मला पन्त स–साना कुराहरुमा पनि खुब रमाउने गर्थिन । खुशी हुने गर्थिन । त्यसैले यो तिहारमा उनलाई खुशी हुन, रमाउन महँगा महँगा लुगा कपडा लगाउने, महँगा समाग्री किन्ने, किनी माग्ने त्यस्तो केहि योजना थिएन ।

बस ! तिहारमा आफ्नो एकमात्र सानो भाईको गलामा रंगीचंगी फुलहरु मिलाएर उनेको ठुलो माला लगाई दिने, गाँउका साथी संगिनीहरुसंग देउसीभैलो खेल्ने अनि पिक्नीक (बनभोज) जाने ।

तीन जना दिदिबहिनीको एकमात्र कान्छो भाईका लागि यो तिहारमा माला लगाउन निर्मलाले आफ्नै घर वरपर टन्नै हजारी, मखमली, सयपत्री फुलहरु रोपेकी थिईन ।

“यसबर्ष टन्नै फुलहरु लगाउने अनि गाँउका अन्य साथीहरुलाई आफुले लगाएका फुलहरु फुलेर घरै ढाकेको देखाउने भन्थी, दिदि मनिषाले भनि, यसरि घरै ढाक्नेगरि बैनीले रोपेका फुलहरु त फुले तर बैनीलाई पापीहरुले हामीबाट चुंडें ।”

तिहारमा माला उन्न सारै मन पराउने निर्मलालाई के थाहा आफुले रोपेका फुलहरुको माला उन्न नपाउदै पापी यौन पिपासुहरुले आफुलाई झिरमा उन्नेछन भनेर ।
“भाईको गलामा सुरुमा म नै ठुलो माला र पचास रुप्पेको चकलेट दिने हुँ, सय रुप्पे माग्दे हुँ, तिमीहरु पछि टिकामाला लगाउनु भन्थी, दिदि मनिषाले आँशु झार्दै भनि, बैनीको धेरै याद आइरहेको छ ।”

पोहर साल तिहारमा मामा घर गएकी निर्मलाले यसबर्ष आफ्नै घरमा खुब रमाइलो गर्ने, गाउँका साथीहरुसंग देउसीभैलो खेल्ने, नाच्ने योजना बनाएकी थिइन् । देउसीभैलो गाउन र नाच्न मन पराउने निर्मलासंग गाँउका र बिधालयका साथीहरु पनि खुब मिल्थे, यसबर्ष देउसीभैलो राम्ररी खेल्ने योजना निर्मलाकै थियो ।

(निर्मलाकी दिदि -मनिषा)

आमाको मन रोएको रोएई

सन्तानको ख्याल आमाले भन्दा अरु कसले बढि गर्न सक्ला र ? भोक प्यास, दुख बिराम लाग्नु भन्दा पहिले नै आमाले थाहा पाउँछिन् र त्यस अनुसार हेरचाह गर्छिन । निर्मला आफ्ना अन्य सन्तान भन्दा सज्जन, नर्म र ज्ञानी छोरी थिईन आमा दुर्गा पन्त बताउँछिन ।

कुनै कुराको लागि जिद्धी नगर्ने, भनेको कुरा मान्ने स्वभावकी थिईन निर्मला ।

“चाँडपर्वमा बिषेशगरि निर्मलाले मिठाई र सेल पुरी खान मन पराउँथि आमा दुर्गाले भनिन, यो तिहारमा गाँउका साथीहरुलाई पनि बोलाएर खुवाँउने भन्थी ।”

घरका भित्ताहरु अध्यारा र थोत्रा भएकाले यो तिहारमा रङ लगाएर घर झकि झकाउ गर्ने, लाईट बत्तीहरु लगाउने निर्मलाको योजना आमाले तिनै भित्तामा नङ कोट्याउँदै आँखाभरी आँशु पार्दै सुनाईन ।

“हाम्रो घर पुरानो भयो, भित्ताहरु काला भइसके यो तिहारमा सेतो र रातो रङ लगाउने है आमा भन्थि, दुर्गाले आँशु पुछ्दै भनिन, दैवले हाम्रो भाग्यमा सुख लेखेको रैनछ ।”

गरिबीमाथी पिडा र अन्याय कहिलेसम्म ?

निम्न आर्थिक अवस्थाबाट गुर्जिदै गरेको निर्मला पन्तको परिवार फेरि पनि दुखैमा गुर्जिन बाध्य छ । कंचनपुरको खोल्टीपुरस्थित सडक छेउमा सानो घरमा बस्दै गुजारा गर्दै आएको निर्मलाका बुवाले परिवारको खर्च चलाउनका लागि करिब दश बर्षसम्म त महेन्द्रनगर बजारमा ठेलामा चटपटे र पानीपुरीको ब्यवपार गरे ।

त्यसले छोराछोरीको पढाई र घर खर्च धान्न नसकेपछि निर्मलाका बुवा भारत रोजगारी गर्न छिरेका थिए । निर्मलाको बलात्कारपछि हत्या भएका बखत पनि उनि भारत मै थिए ।

चाँडपर्व आँउदा झन पिडा

उसो त २०७५ साललाई नयां बर्ष (बिसुपर्व) का रुपमा मात्रै निर्मलाको परिवारले मनाउन पायो । त्यसपछिका सबै चाँडहरु पिडादायी भएर आए निर्मलाको परिवारका लागि ।

नंयाबर्षको स्वागत पश्चात निर्मलाको परिवारमाथि ठुलो बर्जपात भयो । त्यो दर्द कम्ता दुखान्त र हृदयबिदारक छैन ।
सयपत्री र मखमली फुल जस्ती छोरी निर्मलालाई पापी यौन पिपासुहरुले बलात्कारपछि कुर्रतापुर्बक हत्या गरे । ति हत्याराहरुको तीन महिना बित्दासमेत अत्तोपत्तो छैन ।

बर्ष दिनको महान चाँड दशै, निर्मला पन्तको परिवारका लागि ज्यादै पिडामय, निरासाजनक र न्यायको आस गर्दा गर्दै बित्यो । त्यस्तै अर्को रमाइलो चाँड तिहार पनि सबै नेपालीको घर आँगनमा आइरहँदा निर्मलाका परिवारमा बलिन्द्र आंशु भनेर बर्षिरहेको छ ।

“यो बाटो भएर उसका साथीहरु जान्छन, कतै साईकलको घण्टी टिनटिन गरेर छोरी निर्मला पनि टपक्क आँगनमा आई पो हाल्छे की भन्ने लागिरहन्छ, बुवा यज्ञराज पन्तले भावुक हुँदै भने, यि चाँडपर्वहरुले हामीलाई झन पिडा दिएको छ ।”

देउसीभैलो खेल्दै गरेका निर्मलाका साथीहरु देख्दा भक्कानो फुटेर आउने र आँखामा निर्मला नै झलझली देख्ने उनि बताउँछन । पापीहरुले छोरीलाई निर्ममढंगले हत्या गरेकाले उसको आत्मा भड्केको भन्दै छोरीको न्यायका लागि आफु जुनसुकै कदम चाल्न तयार रहेको निर्मलाका बुवा यज्ञराजको भनाई छ ।

“हामी छोरीको न्यायका लागि अब छिट्टै आमरण अनसन बस्दै छौं बुवाले भने, छोरीको आत्मा शान्ती र न्यायका लागि मर्न पनि तयार छौं, मेरो छोरीको हत्यारा पत्ता लगाउनु पर्यो ।” -निर्मलाको घरबाट फर्केपछि

निर्मलाको तिहार योजनाबारेको भिडियो यहाँ हेर्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार