
काठमाडौं । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् । आइतबार दिल्लीको रामलीला मैदानमा आयोजित एक विशेष कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
सपथ कार्यक्रममा मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको सपथ लिएका छन् । केजरीवालले आफ्नो पछिल्लो सरकारको मन्त्रिपरिषद सदस्यलाई भने कायमै राखेका छन् ।
आम आदमी पार्टीका सपथ ग्रहण समारोहका लागि प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएको थियो । तर प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वारायणी पुगेका छन् ।
सपथ ग्रहणपछि केजरीवालले के भने ?
तेस्रो पटक मुख्यमन्त्रीको सपथ लिएपछि केजरीवालले आफ्नो संवोधनमा भने, “हाम्रो पाँचबर्षे कार्यकालमा दिल्लीको विकासको लागि भरपुर कोशिष रह्यो, विकास तिर्वरुपले भयो र आगामी पाँचबर्ष पनि यसैगरी तिर्वरुपले विकास हुनेछ ।”
आफु दिल्लीवासी सबैको मुख्यमन्त्री भएकाले कसैप्रती राजनीतिक पुर्वाग्रह नराख्ने आश्वसान समेत दिए ।
चुनावको समयमा विपक्षी पार्टीसंग भएका तिता अनुभव अब पुराना भइसकेको भन्दै केजरीवालले सबै राजनीतिक दल र केन्द्र सरकारको साथ लिएर दिल्लीलाई अझै विकासको बाटोमा दौडाउने बताए ।
दिल्लीका जनतालाई संवोधन गर्दै उनले भने, “चुनावमा नयां राजनीति र विकास गर्नका लागि भोट पायौं । भोट दिने जनता सत्तामा पुगेकाले देशमा नयां राजनीति र विकासको चर्चा भइरहेको छ ।”
केजरीवालले सम्पुर्ण कुरा सित्तैमा बाढिरहेको आरोप आफुमाथि अन्य पार्टीले लगाइरहेको भन्दै उनले भने, “दिल्लीका जनताको पढाई, उपचारको पैसा केजरीवाल सरकारले लिन सक्दैन् ।”
आठ फरवरीमा सम्पन्न भएको दिल्ली विधानसभा चुनावमा केजरीवालको पार्टी आम आदमी पार्टीले ७२ सिट जितेको थियो भने प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी बीजेपीले जम्मा आठ सिट पाएको थियो । कांग्रेस भने यसपटक पनि शुन्य सिटमा सिमित बनेको थियो ।









