बलात्कार प्रयास मुद्दामा पूर्वसभामुख महराले पाए सफाइ


काठमाडौं । र्पूवसभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास गरेको मुद्दामा सफाइ पाएका छन् । सोमबार दिउँसो जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले नै महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि डिल्लीबजार कारागार थुनामा पठाएको थियो । तर अदालतले सोमबार उक्त मुद्दामा उनलाई निर्दोष भन्दै सफाइ दिएको छ ।

सुनुवाइका लागि अदालत पुगेका महरा आफुमाथिको अदालतको फैसला सुनेर कुनै प्रतिक्रिया नदिइ अदालतबाट प्रसन्न मुद्रामा बाहिरिएका थिए । अदालतबाट बाहिरिने क्रममा उनले त्यहँ उपस्थित सबै शुभेच्छुकलाई मुस्कानसहित अभिवादन गरेका थिए ।

त्यसलगत्तै गाडी चढेर डिल्ली बजार कारागार गरेएका उनलाई प्रकृया पुर्याएर रिहा गर्ने तयारी भइरहेको छ । उनको स्वागतका लागि डिल्ली बजार क्षेत्रमा सर्वसाधारणको ठुलो उपस्थिती रहेको छ ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार