
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियूले काठमाडौं उपत्यका स्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । पछिल्लो समय संगठनकै बिधार्थी नेतहरुबीच अनुशासन, झैझगडाका घटना बाहिर आउन थालेपछि मंगलबार अनेरास्ववियू नेतृत्वले उपत्यकास्तरीय भेला डाकेको हो ।
नेकपा पार्टी कार्यालय धुम्बाराहीमा भएको भेलामा संगठनभित्रको अनुशासन, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, संगठनको एकता प्रक्रियालगायतका विषयमा गहन छलफल भएको अनेरास्ववियले जनाएको छ ।
सम्पन्न भेलामा हालै चितवनमा संगठन भित्रैका दुई गुटका विद्यार्थीबीच भएको झडपका विषयमा समेत गम्भिर छलफल भएको बतायएको छ।
भेलामा उपत्यका स्तरीय, विभिन्न विभिागप्रमुख नेता,अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ लगायतको उपस्थिती थियो । भेलाले संगठनभित्रका समस्याहरुलाई संवाद र छलफलमार्फत अनुशासित, मर्यादित, र जिम्मेवार बनाउँदै लैजाने निर्णय गरेको छ ।









