लौहपुरुष गणेशमान सिंहको आज १०४औँ जन्मजयन्ती मनाइ‌दैछ

काठमाडौं । जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको आज १०४औँ जन्मजयन्ती मनाइ‌दैछ।
जन्मजयन्तीको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गर्दै उनको शालिकमा माल्यार्पण गरिएको छ।

माल्यार्पणपछि कार्यक्रममा बोल्दै काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनको स्मरण गर्दै उनको योगदान महत्वपूर्ण रहेको बताए। “स्व. गणेमान सिंह एक सङ्घर्षशील, त्यागी, लौहपुरुष र प्रजातान्त्रिक आन्दोलनका लिडर हुनुहुन्थ्यो, उहाँले त्यसबखत आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र प्राप्तीमा ठुलो योगदान गरे उनले भने, उहाँको योगदानलाई कम नठानियोस।”

गणेशमानका पुत्र समेत रहेका नेता सिंहले निस्वार्थ रुपमा राजनितीमा हिडेका गणेशमानले प्रधानमन्त्रीको पद समेत त्याग गरेको तथ्यलाई अहिलेका नेताहरुले भुल्न नहुने उल्लेख गरे।

कार्यक्रममा फरक प्रश‌ंग निकाल्दै नेता सि‌ंहले सभापति शेरबहादुर देउवा जे मन लाग्यो त्यही गर्दै हिँडेको आरोप लगाए। विधानअनुुसार नेपाली कांग्रेस पार्टी सभापति चल्न नसकेको उनको जिकर थियो ।

विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका लौहपुरुष गणेशमान सिंहको २०५४ असोज २ गते निधन भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार