नेपाली सेनाका उपरथी हमाल राष्ट्रसंघका महासचिवको फोर्स कमाण्डर नियुक्त


काठमाडौं । संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरमा नेपाली सेनाका उपरथी ईश्वर हमाल नियुक्त भएका छन् । राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले हमाललाई फोर्स कमाण्डर नियुक्त गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत ४० देशका सैनिकहरुबीचको प्रतिस्पर्धाबाट हमाल कमाण्डर चयन भएका हुन् ।

राष्ट्रसंघले हमललाई सोमबार नै नियुक्त गरेको भएपनि औपचारिकरुपमा बुधबार मात्रै सार्वजनिक गरिएको नेपाली सेनाले जनाएको छ ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार हमालको अग्रिमो आउन विलम्ब भएकाले केही दिन ढिलो भएको हो ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गतको करिब २ हजार भन्दा बढी फोर्स कमाण्डरहरु इजरायल र सिरियाको सीमा क्षेत्र गोलनहाइट्समा खटिने गर्दछन् ।

यसअघि नेपाली सेनाकै रथी शिवराम खरेल यो फोर्सको कार्यवाहक प्रमुख थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार