विभिन्न आरोप लागिरहेका बेला प्रधानमन्त्री र काँग्रेस नेता कोइरालाबीच किन भयो भेटवार्ता ?


काठमाडौं । पार्टी र सरकारमा अनेक झमेला आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष काँग्रेसका एक प्रभावशाली नेतासंग भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कांग्रेसका नेता शेखर कोइरालासंग करिब डेढ घण्टा भेटवार्ता गरेका हुन ।

भेटमा उनिहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
सत्तारुढ नेकपाभित्र अनेक विषयलाई लिएर आन्तरिक किचलो बढिरहेको बेला प्रधानमन्त्री ओलीले र काँग्रेस नेताबीच भएको यस भेटवार्तालाई अर्थपुर्ण रुपले हेरिएको छ ।

बिषेशगरी पूर्वसंचामन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनकाण्डबारे प्रधानमन्त्री जानकार हुँदा बास्कोटालाई संरक्षण दिएको आरोप प्रधानमन्त्रीलाई छ । त्यसैगरी बुधबार मात्रै नेकपा सचिवालय बैठकको बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय प्रति पनि प्रधानमन्त्रीले असहमती जनाएपछि यसले पार्टीमा अर्को झमेला निमत्याएको छ ।

सरकारले आफ्नो अहिलेसम्मको कार्यकालमा देखिनेगरी कुनैपनि कार्य गर्न नसकेको भन्दै पार्टी र बाहिरबाट ओली सरकारको आलोचना समेत भएरहेको छ ।
यस बिषयलाई प्रधानमन्त्रीले पार्टीभित्रैबाट आफुबिरुद्ध षड्यन्त्र भएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार