नेकपाको आन्तरिक विवादबारे नेता रावलले कैलाली पुगेर यस्तो भने


कैलाली । सत्तारुढ नेकपाका प्रभावशाली नेता भीम रावलले पार्टी भित्र देखिएको आन्तरिक विवादबारे मुख खोलका छन् ।

शनिवार कैलालीको धनगढी पुगेका नेकपा स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता रावलले संचारकर्मीसंगको कुराकानीमा भने, “पार्टीभित्र अहिले भइरहेको वहश सकरात्मक छ, यसले पार्टी नै फुट्छ भन्ने हल्ला निराधार हो। पार्टी विधान, पद्धती र अनुसाशनले चल्छ ।”

पार्टी भित्र फरक फरक विचार आउनु स्वभाविक भएको भन्दै नेता रावलले त्यसमा निराश भन्दा पनि ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्ने बताए ।
कुराकानीमा नेता रावलले राष्ट्रियसभा सदस्यबारे पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्नेमा जोड समेत दिए ।

नेकपाभित्र एमसिसीलाई लिएर भइरहेको अर्को वहशका बिषयमा उनले भने, “एमसिसीबारे जनताको चासो बढेकामा खुशी लागेको छ, यसबारे कार्यदलले दिएका सुझावहरु कार्यान्वयन गर्दै यसलाई देश र जनताको हितमा पारीत गरिनुपर्दछ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार