काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड–१९ बाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सोमबार वासिंगटनमा थप ४ जनाको मृत्यु भएपछि मृत्यु हुनुको संख्या ६ पुगेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
मृतकहरु वासिंगटन राज्यका रहेका र त्यहाँ १८ जनामा संक्रमण भेटिएको छ ।
सियाटल र किंग काउन्टी जनस्वास्थ्य विभागका प्रमुख स्वास्थ्य अधिकृत डाक्टर जेफ डकिनले सोमबार पत्रकार सम्मेलन गर्दै संक्रमणको दर बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका थिए ।
सोमबार बिहानसम्म अमेरिकाका वासिंगटन, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका १० राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको अमेरिकी संचारमाध्यमहरुले जनाएको छन् ।
सुरुमा चीनमा देखिएको कोरोना भाइरस अन्य देश हुँदै अमेरिकाका विभिन्न प्रमुख शहरमामा देखापर्न थालेपछि त्यहाँको सरकारले अतिप्रभाविक मुलुकको यात्रा तथा विदेशीहरुको आगमनमा प्रतिबन्ध लगाइएको छ ।
शनिबार पहिलो पटक कोराना भाइरसबाट अमेरिकामा एकजनाको मृत्यु भएपछि वासिंगटनका गभर्नर जे इन्स्लीले राज्यमा संकटकालको घोषणा गरेका थिए ।
चीनको वुहानमा पहिलो पटक देखा परेको कोराना भाइरस अहिले विश्वव्यापी हुँदै ३ हजारको ज्यान लिइसकेको छ । जसमध्ये चीनमा मात्रै २०४४ जनको मृत्यु भइसकेको छ भने ८० हजा।र बढि संक्रमित छन् ।
मंगलबार बिहानसम्म चीनपछि इरानमा सबैभन्दा बढि मृतकको संख्या रहेको छ । इरानमा कोराना भाइरसबाट मर्नेको संख्या ६६ पुगेको छ । मंगलबार बिहानसम्म इरानमा संक्रमितको संख्या एक हजार ५ सय १ पुगेको छ ।
त्यस्तै, दक्षिण कोरिया ३४ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ८ सय १२ जनामा संक्रमण देखिएको छ । जापानमा १३ जनाको मृत्यु भइसकेको छ । पानीजहाजमा ७०५ समेत गरी ९ सय ७९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै फ्रान्समा ३, हङकङमा २, थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सान मारिनो र फिलिपिन्समा कोराना भाइरसबाट एक–एक जनाको मृत्यु भएको छ ।
विश्वका विभिन्न ७६ देशमा गरी मंगलबार बिहानसम्म ९० हजार भन्दा बढीमा कोराना भाइरसको संक्रमण देखिएको छ भने ३ हजार एक सय २५ जनाको मृत्यु र ४८ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
छिमेकी मुलुक चीनबाट फैलिएको कोराना भाइरसबाट बच्नका लागि नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च सर्तकता अपनाउन भनिसकेको छ ।
नेपालका तर्फबाट कोरोना भाइरस रोकथाम र जनचेतनाका लागि प्रयासहरु भइरहेका छन् । चीनको प्रभावित क्षेत्रबाट नेपाल सरकारले नेपाली बिधार्थीलाई उद्धारगरी विमानआर्फत स्वदेश ल्याइ १६ दिन क्वारेन्टाइनमा राखेर हिजोमात्रै सकुशल घर फर्काएको छ ।
चेकजाँचका क्रममा उनिहरुमा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएपछि क्वारेन्टाइनमा बस्दै आएकाा १७६ जना नेपाली बिर्थाीहरु आ आफ्नो घर फर्किएका हुन ।










