
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबारे जनचेतना फैलाउने भन्दै सत्तारूढ नेकपा निकट राष्ट्रिय युवा संघ नेपालले आफ्ना सबै कार्यक्रमहरु स्थगित गरेको छ ।
कोरोना भाइरसको संभावित संक्रमणबाट बच्नका लागि भेला, जमघट र भिडभाड नर्गन सरकारले गरेको आग्रहलाई आत्मसाथ गर्दै युवा संघले जनचेतनामुलक काम गर्ने भएको हो ।
मंगलबार देखि आफ्ना सम्पुर्ण भेला, जमघटमुलक कार्यक्रमहरू अर्को मितिसम्मका लागि स्थगित गरेर कोरोना भाइरसबारे जनतामा जनचेतना फैलाउने कार्यमा लाग्न मातहतका सकै कमिटिहरुलाई निर्देशन दिइएको राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा दिपशिखाले जानकारी दिए ।
उनका अनुसार संघले कोरोना भाइरस देखिने लक्षण, सावधानी लगायतका बिषयमा जनचेतनामूलक काम गर्नेछ ।









