
मकवानपुर । साठे ४ करोड भन्दा बढिको मुल्य पर्ने ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् ।
काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकल पक्राउ परेको जिल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले आज बिहान करिब साढे ४ बजे उनलाई पक्राउ गरेको थियो ।
फलामको बेरिङभित्र लुकाएर ल्याउदै गरेको ६ किलो २ सय ८९ ग्राम (५३९ तोला) सुन बरामद भएको मकवानपुर प्रहरी उपरिक्षक सुशील सिं राठौरले जानकारी दिए ।

उनका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको उपरिक्षक राठौरले बताए ।










