
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे सर्वत्र चासो रहँदै आएको छ । बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिएको मिर्गौला प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे सर्वत्र चासो बढेको हो ।
अस्पतालले ओलीको दोस्रो दिनको स्वास्थ्यस्थितीबारे प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । अस्पतालले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको स्वासथ्यमा अपेक्षाकृत सुधार आएको जनाएको छ ।
उहाँको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको । प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा काम गर्न थालिसकेको जनाएको छ, जारि विज्ञप्तीमा उल्लेख छ ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाद्धारा हस्ताक्षरित विज्ञप्तीमा ले ओलीको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको जानकारी दिइएको छ ।
प्रधानमन्त्री ओलीलाई तरल र नरम आहार समेत दिन सुरु गरिएको छ ।
त्यसैगरी, प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि स्थिर रहेको छ ।
समीक्षालाई पनि ओलीलाई जस्तै तरल र नरम आहार दिन सुरु गरिसकिएको छ ।
विज्ञप्ती पढ्नुहोस















