३० रुपैयामा मास्क बेचेको भन्दै २ लाख जरिवाना


कैलाली । महँगोमा मास्क बेचेको भन्दे कैलालीमा एक ब्यापारीलाई २ लाख जरिवाना तिराइएको छ । कैलालीको धनगढी बजारमा रहेको न्यू शुशील श्रृङ्गार पसलले ६ रुपैया पर्ने सर्जिकल मास्कलाई ३० रुपैयाँमा बेचेको पाइएपछि जरिवाना तिराइएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीको टोलीले सोमबार बजार अनुगमन गर्दा उक्त पसलले ६ रुपैंया पर्ने मास्कलाई ३० रुपैंयामा बेच्ने गरेको, श्रृङ्गारका सामाग्रीमा लेबल नतोकिएको, म्यादगुज्रेका सामाग्री बेचेको पाइएपछि पसल संचालक सन्ध्या अग्रवाललाई उक्त जरिवाना तिराइएको वाणिज्य कार्यालय कैलालीका प्रमुख कमल पुनले जानकारी दिए ।

उक्त श्रृंगार पसलमा वाणिज्य कार्यालयका कर्मचारी ग्राहक बनेर जाँदा संचालक अग्रवालले ६ रुपैया पर्ने मास्क ३० रुपैयामा बेचेपछि उनि समातिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार