चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको उद्‍गमस्थल वुहानमा


वुहान । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानको भ्रमण गरेका छन् ।
मंगलबार बिहान कोराना भाइरसको संक्रमण फैलिएको स्थल वुहानमा राष्ट्रपति सी पहिलो पटक पुगेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

गत डिसेम्बरमा सो ठाउँबाट कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको थियो । त्यहाँ राष्ट्रपति सीले स्वास्थ्यकर्मी, चिनियाँ जनमुक्ति सेना, सामाजिक कार्यकर्ता, पार्टी कार्यकर्ता, स्वयंसेवक र बिरामीहरुलाई भेटेर कोरोना भाइरसको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

चिनियां संचारमाध्यमहरुका अनुसार मंगलबार बिहानसम्म चीनमा ८० हजारभन्दा बढीमा कोराना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये ६० हजारभन्दा बढी निको भइसकेका छन् । त्यस्तै मंगलबार बिहानसम्म चीनमा संक्रमणबाट ३ हजार एक सय ३६ को मृत्यु भइसकेको छ ।

सोमबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार