विप्लव नेकपाले पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट गर्नुका दश कारण यस्ता छन्


काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा विप्लव समुहले विस्फोट गर्नुको दश कारण देखाएको छ ।
भक्तपुरको लोकन्थलीस्थित निमार्णाधिन बाँस्कोटा निवासमा बुधबार बिहान भएको विस्फोटको जिम्मा लिँदै विप्लव समुहले विस्फोट गराउनुका दश कारणहरु समेत सार्वजनिक गरेको छ ।

घटनास्थलमा भेटिएको विप्लव नेकपाको पर्चामा विस्फोटका दश कारणहरु उल्लेख छन् ।

एउटा अनलाइनमार्फत सार्वजसनक भएको उक्त पर्चाका बाँस्कोटालाई मन्त्री हुँदा विभिन्न परियोजनामा अरबौं घुस मागेको र विप्लवमाथि प्रतिबन्ध लगाएका कारण कारबाहीस्वरूप विष्फोट गरिएको प्रष्ट पारेको छ ।

बाँस्कोटामाथि विप्लव समुहले कारवाही गर्नुका १० कारणहरु:

१) सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।

२) २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले।

३) १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेकाले।

४) १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले।

५) मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा(सुविधाका नाममा करोडौं हिनामिना गरेकाले।

६) सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले।

७) नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले।

८) राष्ट्र, जनता र क्रान्तिका विरूद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले।

९) आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले।

१०)  देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार