प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, रगत र पिसाब जाँचिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ । आलीलाई ज्वरो आएपछि उनको रगत र पिसाब जाँच गरिदैं छ ।
गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई फागुन २८ गते डिस्चार्ज गर्ने तयारी थियो। ओलीलाई ज्वरो आएपछि अझै केही दिन अस्पतालमै राख्ने चिकित्सकले बताएका छन् ।

अपरेसन गरेपछि घाउ दुखेर ज्वरो आउने भएकाले उहाँलाई पनि ज्वरो आएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको रगत र पिसाब परीक्षणका लागि पठाइएकाले रिपोर्ट आउन समय लाग्ने बताइएको छ ।

चिकित्सकहरूका अनुसार बालुवाटार गएपछि प्रधानमन्त्री भेटघाटमा बढी व्यस्त हुने भएकाले प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न खोजिएको हो। प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न चाहेकी खबर सेतोपाटीमा छापिएको छ ।

प्रधानमन्त्रीको संवेदनशिलतालाई ध्यानमा राखेर ज्वरो आएपछि रगत र पिसाबको परीक्षण गराइएको चिकित्सकहरूको भनाइ छ।
अस्पताल स्रोतकका अनुसार प्रधानमन्त्रीलाई अझै तीन चार दिन अस्पतालमै राखिने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार