काठमाडौं । विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको आशंकामा ६ जनालाई दुई वटा अस्पतालको आइसोलेसन वार्डमा राखिएका छन् । कोरोनाको आशंकामा टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा उनीहरुलाई राखिएका हुन् स्वास्थ्य मन्त्रालयका अनुसार २ जना पाटन र ४ जनालाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।
मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा विकास देवकोटाले संक्रमणको आशंकामा उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिए ।
यसका साथै उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि जानकारी दिएका छन् । यसअघि आजै संसदमा पनि कोरोना रोक्नका लागि पहल गर्नु पर्ने विषयमा केही सांसदले आवाज उठाएका थिए ।










