वाइडबडी भ्रष्टाचारबारे माधव नेपालले भने: ‘देखादेखी भ्रष्टाचार भएको छ, जोसुकै संलग्न भए पनि छाड्नु हुँदैन

(File picture)
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी खरिदमा देखादेखी भ्रष्टाचार भएको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार आयोजना गरेको छलफलमा बोल्दै नेता नेपालले भने, वाइडबडी खरिदमा देखादेखी भ्रष्टाचार भएको छ, जोसुकै संलग्न भए पनि छाड्नु हुँदैन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपाल वायु सेवा निगमको दुई वटा वाइडबडी विमान खरिदमा ठुलो रकम भ्रष्टाचार भएको बताइएको छ ।

विमान खरिद प्रक्रियामा अरवौं रकम भ्रष्टाचार भएको भन्दै स्वर्गिय मन्त्री रवीन्द्र अधिकारीलगायतको नाम जोडिएको थिए । अधिकारीको मृत्यु पश्चात यो मुद्दा सेलाएको थियो ।

विमान खरिदमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न सरकारले समिति गठन गरे पनि त्यसबारे कुनै आधिकारीक प्रतिवेदन आएको छैन।
पार्टी सरकारमा भएका बेला विभिन्न भ्रष्टाचार, कमिसनका काण्डहरु बाहिर आएको भन्दै सत्तारुढ नेकपाभित्रै यसबारे गम्भिर वहश र आलोचना भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार