काठमाडौं । चीनबाट सुरु भएको कोरोनाको संक्रमण युरोपेली देश इटलीमा डरलाग्दो गरी फैलिरहेको छ । इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ ।
चीनपछि इटलीमा डरलाग्दो गरी फैलिएको यो संक्रमणका लागि एकै दिन यति धेरै व्यक्तिको मृत्यु भएको यो हालसम्मकै पहिलाे घटना हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि चीनपछि इटलीमा डरलाग्दो स्थिति रहेको बताएको छ । इटलीमा अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ भने संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी रहेको छ ।
अहिलेसम्म विश्वका १ सय २३ देशमा कोरोना भाइरसका संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख ३२ जहार ५ सय ३६ जनामा संक्रमण देखिएको छ ।










