प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ – अध्यक्ष जबरा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले भने ” प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँलाई निकै आरामको खाँचो छ, त्यसैले राजीना गरेर ढुक्कसंग स्वास्थ्य लाभ गर्नुपर्छ ।”

ओली सरकारप्रती असन्तुष्ट रहेका अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष जबराले प्रधानमन्त्री ओलीमात्रै नभएर सत्तारुढ दल नेकपा नै मुलुक र जनताप्रति जिम्मेवार नभएको बताए ।

ओली सरकार अनेक काण्डमा फसेको भन्दै भ्रष्टाचार र बेथितिले देश आक्रान्त बनेको दावी गरे ।

जनताले बहुमत दिएर पठायो तर, कम्युनिष्ट सरकार अनेककाण्डमा फस्यो । जनतालाई कुनैपनि किसिमको सेवा दिन सकेन, खाली आश्वासन मात्रै बाड्यो ।

अध्यक्ष जबराले विदेश नीतिमा समेत ओली सरकार झनै असफल भएको दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार