कोरोना भाइरसबाट चीन उम्किदै इटाली भाँसिदै


काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले अहिले सकैभन्दा बढि आक्रान्त इलटीलाई पारेको छ ।

समाचारमा आएका पछिल्ला रिर्पोट अनुसार चीन कोरोना भाइरसबाट उम्किदै छ भने इटली भाँसिदै छ ।

कोरोना भाइरसबाट इटलीमा अहिले सबैभन्दा बढी १७ हजार ७५० संक्रमित रहेको तथ्याङ्क बाहिरिएको छ । विश्वस्वास्थ्य संगठनका अनुसार इटली अहिले सबैभन्दा कोरोनाको मारमा परेको छ ।

चीन यसबाट तँग्रिदै छ । चीनमा अहिले १० हजार ७ सय ७३ मात्रै संक्रमित रहेका छन् ।

चीनमा स्वास्थ्यलाभ गर्ने दर अत्यधिक भएपछि संक्रमितको संख्या घटेको चीन सरकारले जनाएको छ । चीनमा कुल ८० हजार ८४४ संक्रमितमध्ये ६६ हजार ९१२ जना संक्रमणबाट निको भइ घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा चीनमा जम्मा २० नयाँ संक्रमित देखिएको चिनियां संचारमाध्यमहरुले जनाएक छन् ।

इटलीका २१ हजार १५७ संक्रमितमध्ये जम्मा १ हजार ९६६ जना निको भएका छन् । इटलीमा १ हजार ४४१ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।

विश्वका झण्डै १५० देशहरुमा कोरोनाको संक्रमण देखिएको छ । यसबाट अहिलेसम्म ५ हजार ८३९ जनाको मृत्यु भइसकेको विश्वस्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख छ । उसका अनुसार कोरोना देखिएका १ लाख ५६ हजार ७३० मध्ये ७५ हजार ९३३ संक्रमित निको भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार