
काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
यो संगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । मृतकका संख्यामा एकैदिन दोब्बरले वृद्धि भएपछि त्यहाँ यसबारे थप चिन्ता उत्पन्न भएको छ ।
बेलायती संचारमाध्यमहरुका बेलायतमा ३७ हजार ७ सय ४६ व्यक्तिको स्वास्थ्य परीक्षण गरिएकोमध्ये १ हजार १ सय ४० मा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ ।
संक्रमितहरुको संख्या बढ्न सक्ने भएकाले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले उपचारका लागि थप शैय्या र भेन्टिलेटर राख्ने जनाएको छ ।












