
काठमाडौं । कोरोना भाइरसबारे कार्ययोजना बनाउन सातवटै प्रदेशका मुख्यमन्त्री काठमाडौं आएका छन् ।
संघीय सरकारले कोरोनाबारे कार्ययोजना बनाउन सातै वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकका लागि सबै मुखयमन्त्रीहरु काठमाडौं आएका हुन ।
समितिको बैठक दिउँसो १ बजेदेखि सिंहदरबारमा सुरु भएको छ । बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका हालसम्मका कामको प्रगती विवरण र नयाँ रणनीतिबारे छलफल भइरहेको छ ।
विशेषगरी सातवटै प्रदेशका सीमा नाकाहरुमा कोरोनाको संक्रमण नभित्रियोस भन्नका लागि स्वास्थ्य जाँच डेस्कहरुको स्थापना गरी सकिएको छ । अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण देखिएको छैन ।
छिमेकी देश चीनबाट कोरोना भाइरस सुरु भएकाले नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ ।
नेपाल सरकार पनि यसबारे सर्तक रहँदै आवश्यक सावधानी र जनचेतनाका कामहरु गर्दै आएको छ । तथापी कतिपय क्षेत्रमा यसबारे सरकारको तयारी र सावधानी अपुर्ण रहेको आवाज पनि उठ्दै आएको छ ।










