आपूर्ति मन्त्री भट्ट भन्छन्ः देशमा अघोषित संकटकाल लाग्यो, सबैको साथ चाहियो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित संकटकाल लागेको बताएका छन् ।उपभोक्ता अधिकार दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

“कोरोना भाइरसका कारण अहिले मुलुकमा अघोषित संकटकाल लागेको छ मन्त्री भट्टले भने, संकट टार्न सबै निकाय दिनरात नभनी सरकार सम्पूर्ण तयारीका साथ खटिएको छ ।”

कोरानाका कारण देश संकटका रहेका बेला सम्पुर्ण जनता, सरकारी तथा गैरसरकारी निकाय, अधिकारकर्मी सबैको साथ र सहयोग चाहिएको उनले बताए ।

देशमा आएको संकटका बेला खाद्यवस्तु र इन्धन मौज्दात नराख्न मन्त्री भट्टले सबैमा आग्रह समेत गरे ।

संकटको मौका छोपेर केहि ब्यापारीले कालोबजारी गरेको पाइएकाले त्यस्तो नर्गन आग्रह गर्दै कालोबजारी भएको देखेमा जनस्तरबाट पनि सूचना दिनुपर्ने उनको भनाई छ ।

कोराना भाइरसको कारण देखाउँदै बजारमा दैनिक उपभोग्य सामानको कृतिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको खबर आएपछि मन्त्री भट्ट स्वयम ग्राहक बनेर बजार अनुगमनमा समेत जाने गरेका छन् ।

उनि पछिल्लो पटक पोखरा पुगेर त्यहाँ स्वयम ग्राहकको भेषमा बजार अनुगमन गरेका थिए । जसका कारण कालोबजारी गर्नेहरु केहि हदसम्म डराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार