मास्क लुकाउने विरुद्ध प्रहरीको अपरेशन, एकैदिन डेढ लाख मास्क बरामद

काठमाडौं । मास्क लुकाएर कृतिम अभाव गर्ने विरुद्ध प्रहरीले अपरेशन थालेकाे छ । ३ रुपैयाँमा खरिद गरेको मास्क ४० रुपैयाँमा विक्रि गरेर बजारमा कृतिम अभाव गराउने विरुद्ध प्रहरीले अपरेशन थालेकाे हो ।

विश्वभर कोरोनाको संक्रमण फैलिरहेका बेला काठमाडौंमा मास्क पाउनै छोडेको छ । मेडिकल, पसल र अन्य ठाउँमा सर्जिकल मास्क पाउनै छोडेको छ ।

प्रहरीको विशेष अपरेशन टाेलिले आइतबार कपन क्षेत्रबाट डेढ लाख सर्जिकल मास्क बरामद गरेको छ । प्रहरीले यसअघि शनिबार पनि ७८ हजार मास्कसहित ८ जना पक्राउ गरेको थियो ।

शंकाको आधारमा प्रहरीको अपरेशन जारी रहेकाले अझै बरामदको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । पक्राउ परेकाहरुको नाम भने  प्रहरीले सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार