काठमाडौंको ठूलोभर्‍याङमा आगलागी

काठमाडौं । काठमाडौंको ठूलोभर्‍याङमा बिहानै आगलागी भएको छ । एक्कासी ट्रान्सफर्मर पड्किएपछि सल्केको आगोको मुस्लोले स्थानिय राजेन्द्रमान शाक्यको घरमा आगलागी भएको हो ।

आगलागीबाट घरमा केहि क्षति पुगेको प्रहरीले जनाएको छ । ट्रान्सफर्मर पड्किएको थाहा पाउने बित्तिकै स्थानीय र प्रहरी घटनास्थल पुगेका कारण घरमा सल्किएको आगो तत्काल नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको स्वयम्भू प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार