निर्मला हत्याप्रकरण : चारजनाको डिएनए रिपोर्ट आयो,तीनको डिएनए परीक्षणको तयारी

कञ्चनपुर। निर्मला हत्याकाण्डका दोसी पत्ता लागाउन प्रहरीले विभिन्न अनुसंन्धान जारि राखेको छ । घटनामा संलग्न हुनसक्ने भन्दै संकलन गरिएको चारजनाको डिएनए रिर्पोट केहि दिनमा प्रहरीले सार्बजनिक गर्दैछ ।

केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौंमा परिक्षण गरिएको उक्त डिएनएको रिर्पोट केहि दिनमा सार्बजनिक गरिने कंचनपुर प्रहरी प्रमुख कुवेरसिंह कडायतले बताए । परिक्षण गरिएको चारजनाको डिएनए रिर्पोट बुधबार कञ्चनपुर प्रहरी प्रमुखलाई बुझाइएको थियो ।

“उक्त रिर्पोट केहि दिनमै हामी सार्बजनिक गर्नेछौं प्रहरी प्रमुख कडायतले भने, यस बिषयमा सरकारी वकिलहरुसंग पनि आवश्यक छलफल गरिनेछ ।”  डिएनए संकलन गरिएका चारजानको परिचय भने प्रहरी खुलाएको छैन ।

संकास्पद अन्य तीनजनाको डिएनए परिक्षण हुदै
चार जनाको डिएनए परिक्षण सकिएसंगै थप तीनजनाको डिएनए पनि परिक्षण गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । घटनामा संलग्न हुन सक्ने भन्दै प्रहरीले थप तीनजनाको डिएनए परिक्षण गर्न लागेको हो । परिक्षण गर्न लागिएका थप तीनजनाको पनि प्रहरीले परिचय खुलाएको छैन ।

भीमदत्त नगरपालिका–२ उल्टाखाम कंचनपुरकी १३ वर्षीया निर्मला पन्तको ११ साउनमा उखुबारीमा लास भटिएको थियो । उनि साउन १० गते गाँउकै साथीको घरमा होमवर्क गर्न गएकी थिईन ।

न्यायका लागि जिल्ला प्रशासनको गेटमा धर्ना जारि


न्यायका लागि अन्तिम दवाब भन्दै निर्मलाका आमाबुवा र स्थानिय अधिकाकर्मी सहित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना मै छन । कात्तिक २५ गतेदेखि धर्नामा बसेका पीडित र अधिकारकर्मी न्याय नपाउँदासम्म आफुहरु घर नफर्किने बताईरहेका छन् ।

चिसो बढेसंगै धर्नामा बसेका पीडित र अधिकारकर्मीहरुको स्वास्थ्यमा समस्या समेत देखिन थालेको अधिकारकर्मी सारदा चन्दले अनमोलपोष्ट बताईन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार