कोरोनाको मारमा रहेको चीनमाथि अर्को विपत्ति, बिहानै गयो ठुलो भुकम्प

काठमाडौं । कोरोनासँग लडिरहेको चीनमाथि फेरी अर्को विपत्ति आइपरेको छ । शुक्रबार बिहानै कारोनाको उद्गमस्थल चीन केन्द्रविन्दु भएर  ठुलो भूकम्प गएपछि अर्को विपत्ति आइपरेको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, चीनको नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको केन्द्रले जनाएको छ ।

भूकम्पबाट भएको क्षेतीको विवरण भने आउन बाँकी रहेको छ ।

कोरोना बिरुद्धको लडाइमा जितको नजिक पुगेको चीनमा पछिल्लो समय नयाँ विरामीहरु देखा परेका छैनन् । चीनका अधिकांश अस्पतालहरु खाली भइसकेका छन् । आफ्नो देशबाट कोरोना विस्तारै नियन्त्रणमा आएपछि कोरोनाबाट अति प्रभावित इटली लगाएतका देशहरुमा चीनले स्वास्थ्य टोली समेत पठाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार