
काठमाडौँ । कोरोनाका कारण राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोनाको संक्रमणको सम्भावित जोखिमलाई कम गर्न बैठक स्थगित गरिएको संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए।
प्रवक्ता धमलाका अनुसार आज दिउँसो १ बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ ।
प्रतिनिधि सभाको बैठक भने चैत १३ गतेसम्मका लागि स्थगित भइसकेको छ ।










