
काठमाडौं । कोरोना संक्रमणको जोखिम रहेको भन्दै देशभरका अदालतहरु आइतबारदेखि बन्द हुने भएका छन् ।
शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले देशभरका अदालत आइतबारदेखि दुई सातासम्मका लागि बन्द हुने निर्णय गरेको छ ।
बैठकले बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही नरोकिने निर्णय गरेको छ ।
नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई यसअघि नै आग्रह गरिसकेको थियो ।
सरकार कोरोनाविरुद्ध कडाईका साथ उत्रिएकाले सबै एकजुट भई संसददेखि स्कुल, कलेज, सिनेमा हल, नाचघर, सभा गोष्ठी, हवाइ सेवा बन्द गरिएको हो । कोरोनाको संक्रमण भिडभाडयुक्त ठाँउबाट हुने संभावना भएकाले त्यस्ता ठाँउहरु सरकारले प्रतिबन्द गरेको हो ।
सकभर घरभित्रबाट बाहिर नजान पनि सकारले आग्रह गरेको छ । संक्रमणबाट बच्न पटक पटक सावुनपानीले हात धुने, मास्क र सेनिटाइजरको प्रयोग गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।










