काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे गलत प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार रामेछाप घर भई हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
शनिवार बिहान ८ बजेतिर सामाजिक सञ्जालमा नर्भिक अस्पतालको नाम जोडेर कोरोनाका बिषयमा एक भ्रामक अडियो क्लिप भाइरल भयो र उक्त अडियो क्लिप गलत रहेको अस्पतालले पुष्टी गरेपछि प्रहरीले भ्रम फैलाउनेगरी अडियो पोष्ट गर्नेको खोजि गरेको थयो ।
त्यहिक्रममा विवेक पक्राउ परेका हुन ।
पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत उक्त अडियो पहिले सावर्जनिक भएको र पछि सामाजिक सञ्जालमा फैलिएको प्रहरीको भनाइ छ। उक्त अडियोका बिषयमा अहिले प्रहरीले विवेकसँग सोधपुछ गरिरहेको छ ।
के थियो भ्रामक अडियोमा ?
कोरोना भाइरसको त्रास रहेका बेला मनिसहरुमा भय उत्पन्न गाराउने खालको एक अडियो क्लिप शनिवार बिहानै सामाजिक संजालमा भाइरल भयो ।
विशेषगरी, उक्त अडियोलाई म्यासेन्जर र फेसबुक र्गुपहरुमा ब्यापक रुपमा फिजाइयो । जुन अडियो सुनुेर मानिसहरुमा एकखालको भय, डर उत्पन्न भयो ।
जुन अडियोमा भनिएको छ, “पुल्चोकमा रहेको नर्भिक अस्पतालमा भर्ना भएका ९ जनामध्ये ६ जनामा कोरोना भाइरस भेटिएको छ । हाम्रो घर नजिकै एकजना नर्भिक हस्पिटलमा काम स्टाफ दाइले हामीलाई खबर दिनुभयो, यो न्युज रियल हो, फेक होइन । अहिले नेपालमा महामारी फैलिसकेको छ ।”
यसरि सबैलाई त्रसाउनेगरी भाइरल भएको अडियोका बिषयमा सबैतीर चर्चा भएपछि पुल्चोकमा होइन थापाथलीमा रहेको नर्भिक अस्पतालले पनि उक्त अडियो पुरै भ्रामक, कलोकल्पित, झुटा रहेको भन्दै आधिकारी विज्ञप्ती निकालेको छ ।
साथै प्रहरीले यसबारे गम्भिर साचो राख्दै अडियो पोष्ट गरी भाइरल गर्नेको खोजि गरेको थियो ।
नर्भिक अस्पतालले निकालेको विज्ञप्ती :











